×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेको तिमालमा ‘पर्यटन स्मारक’ निर्माण हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काभ्रेको तिमालमा ‘पर्यटन स्मारक’ निर्माण हुने

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल टानले काभ्रेको तिमालमा ‘टान टुरिजम मेमोरियल पार्क’ पर्यटन स्मारक निर्माण गर्ने भएको छ । पर्यटनक्षेत्रमा आबद्ध रही कामको क्रममा ज्यान गुमाएकाको सम्मानमा स्मारक स्थापना गर्न लागिएको हो ।
स्मारक निर्माणका लागि टानले साढे १ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, अन्य रकम स्थानीय र दातृनिकायबाट जुटाइनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्मारक निर्माणको कार्य सराहनीय भन्दै सरकारले पनि सहयोग गर्ने आश्वासन दिएका छन् ।
नेपालमा ट्रेकिङको क्रममा धेरै स्वदेशी तथा विदेशी पर्यटकको समेत ज्यान गएको छ । त्यसैले यस्तो पार्क हालसम्म नेपालमा नभएकोले यसको महŒव रहने टानको धारणा छ । स्मारक पर्यटकीय गन्तव्य र आर्थिक तथा सामाजिक विकासमा सहयोगी बन्ने टानका अध्यक्ष चन्द्र्रप्रसाद रिजालले बताए । उनका अनुसार स्मारक निर्माणका लागि टानले काभ्रेको चापाखोरी–७का स्थानीय वन समितिसँग सहमति गरिसकेको छ ।
टानका महासचिव कर्णबहादुर लामाले १ सय ४० रोपनी जग्गामा स्मारक निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । लामाका अनुसार एकैपटक स्मारक निर्माण सम्पन्न गर्नेभन्दा पनि क्रमिक रूपमा काम अगाडि बढाइनेछ । त्यसका लागि अहिले गुरुयोजना निर्माण भइरहेको छ । यो आयोजना सम्पन्न गर्न अर्बौं रकम लाग्नसक्ने लामाले बताए । तर, शुरू भए यसले आकार लिने उनको भनाइ छ ।
काठमाडौंदेखि नजिकै रहेको यो स्थानबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । साथै, लालीगुराँस पदयात्रा र कृषि पर्यटनका विकासका लागि स्मारक महत्वपूर्ण हुने टानकी सदस्य सरिता लामाले बताइन् । उनले भनिन्, ‘सो ठाउँ तामाङ बाहुल्य क्षेत्र भएकोले तामाङहरूको इतिहास, संस्कृतिबारे जानकारी लिन सकिन्छ । स्मारक निर्माणले स्वदेशी तथा विदेशी पर्यटकको लागि आकर्षणको केन्द्र बन्न सक्छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: