×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यानोभित्र गुटमुटिन हतार नगर्नुंस्, फन्दामा पर्नु होला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

न्यानोभित्र गुटमुटिन हतार नगर्नुंस्, फन्दामा पर्नु होला

२५ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – हिउँद लाग्यो, चिसो बढ्यो, तर अपराधी समूहका लागि हिउँद भने तातो हुने गरेको छ । विशेष गरी उपत्यकालाई आधार बनाएर चोरी, डकैती र लुटपाट गर्ने समूहका लागि चिसो मौसम तातो हुने गरेको छ । पुस र माघको कठ्याङ्ग्रिँदो चिसोमा उपत्यकावासी तातोको खोजीमा व्यस्त भएको मौका छोपी चोरहरू तात्ने गरेको प्रहरीको अनुभव छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गर्मीको मौसममा दिउँसो र चिसोमा राति चोरीका घटना बढी हुने गर्छन् ।
महाशाखा चोरी शाखा प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बस्नेत भन्छन , सर्वसाधारणको कमजोरी कारण चिसोमा चोरी बढी हुन्छ । चिसोमा न्यानोभित्र गुटमुटिन हतार गर्ने भएकाले झ्यालढोका राम्रोसँग नलगाउँदा यस्तो समस्या आउने गरेको हो ।
त्यस्तै, घर, फल्याट तथा कोठामा भन्दा पसल, सटर र कोही नभएको एकान्तस्थलहरूमा चोरी बढी हुने गर्छ, महाशाखाका प्रहरी नायव उपरीक्षक बस्नेतले भने , यसका लागि सर्वसाधारण नै सचेत हुन जरुरी छ । राति सुत्दा होस् वा बिहान बाहिर निस्कँदा घरको झ्यालढोका राम्रोसँग बन्द गर्नुपर्छ । चिसोमा सुन तथा चाँदीका गरगहना तथा नगद बढी चोरी हुने गरेको छ । यो बेला भारतको बिहारका विभिन्न जिल्लाबाट समेत सङ्गठित रूपमा चोरहरू काठमाडौँ उपत्यकामा आउने गर्छन् । चोरी घटनाका अनुसन्धान अधिकृत केदार तिमिल्सेना भन्नुहुन्छ, चोरी गरेपछि अपराधीहरू एकरात पनि राजधानी बस्दैनन् ।
देशभित्रका चोरहरू गाउँमा लुक्छन्, भारतबाट आएकाहरू मकवानपुर हेटौँडाको बाटो हँुदै पर्साको वीरगन्ज नाकाबाट भारत छिर्छन् । विहारको घोडासैन, मोतिहारी, फूलबारी, महाराजगन्ज लगायतका जिल्लाबाट आठ÷दश जनाको समूह बनाएर नै सुन चोर्न नेपाल आउने गरेको महाशाखाले जनाएको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी