×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संसोधनमा जवर्जस्ती गरे हातमा दहि जमाएर नबस्ने योगेश भट्टराइको चेतावनी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संविधान संसोधनमा जवर्जस्ती गरे हातमा दहि जमाएर नबस्ने योगेश भट्टराइको चेतावनी

१६ पुष २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जबर्जस्त संविधान संसोधन गर्न खोजे रकारले हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल, अनलाइन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 
‘विधान र न्यायलयलाई समेत हस्तक्षेप गरेर ल्याएको प्रस्ताव सरकारले जवरजस्ती टेबुल गर्न खोजे व्यवस्थापिका संसद्मा रहेका २ सय बढी सांसद् हातमा दही जमाएर बस्दैनन् ।’ कार्यक्रममा बोल्दै उनले भने । ‘उपत्यकाका तीनवटै निर्वाचन क्षेत्रदेखि गाँउ–गाउँ, टोल–टोलसम्म भेला तयारी भेला भएका छन् । हामी २२ गते दुई लाख बढी मान्छे सडकमा उतार्छौ । त्यति गर्दा पनि सरकारले असंवैधानिक प्रस्ताव फिर्ता लिएन भने हामी ती भन्दा डरलाग्दा कार्यक्रम गर्न बाध्य हुनेछौँ ।’ भट्टराइले अगाडी भने । 
उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, प्रतिष्ठानका अध्यक्ष मोहन बास्तोलालगायतले पनि बोलेका थिए ।
यद्यपी प्रेस चौतारी नेपाल, अनलाइन प्रतिष्ठानले ‘सडकबाटै समाचार सम्प्रेषण’ भन्ने कार्यक्रम राखेपनि अपेक्षा गरिए अनुरुप भने कार्यक्रम सम्पन्न भएन । अनलाइनका पत्रकारहरुलाई सडकबाटै समाचार अपडेट समेत गरिने भन्दै ल्याबटप सहित सडकमा आउनु भन्ने निर्देशन भएपनि सडकबाट कुनै पनि अनलाइनमा समाचार अपडेट गर्ने काम भने भएन । यता एमाले निकट भनेर कहलिएका केहि अनलाइनका प्रतिनिधिले कार्यक्रमलाइ बेवास्ता गरेको चर्चा समेत कार्यक्रम समयमा भएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: