
काठमाण्डौ – लुटको धनले फुपुको श्राद्ध । यस्तै धन्दा चलेको छ अचेल सिंहदरवारमा । अर्थ मन्त्रालयमा खाजाकै नाममा महिना दिनमा बीसौ लाख रकम स्वाहा पारिएको भेटिएको छ ।
अर्थ मन्त्रालयले आफ्नो वेव साइडमा उल्लेख गरेनुसार, पछिल्लो एक महिनामा मात्र खाजा खर्च शिर्षकमा १७ लाख ५७ हजार रुपैंया उडाइएको भेटिएको छ । अर्थ मन्त्रालयले सो रकम कञ्चन चमेना गृहलाई भुक्तानी गरेको भेटिएको हो ।
यता,भुकम्प पीडितहरुलाई कुनै राहतको प्याकेज दिन नसकेको सरकारका मन्त्रीहरुले जिल्ला भ्रमण तथा अनुगमनका नाममा एक दिने जिल्ला भ्रमणमा लाखौं उडाइएको फेला परेको छ । पछिल्लो चरणमा जिल्ला भ्रमण गरी सबैभन्दा वढी रकम बुझि किर्तिमानी कायम गर्ने मन्त्री हुन, स्वास्थमन्त्री गगन थापा । गगनको जिल्ला अनुगमन तथा भ्रमणका नाममा उनका पिए शैलेस सिटौलाले आइतावारमात्र १ लाख ३६ हजार ५ सय ६० रुपैंया बुझेका छन ।
दोश्रो कीर्तिमानी शान्तिमन्त्री सीतादेवी यादवले राखेकी छिन । उनका पिए धनेश्वर यादवले भ्रमण खर्चबापत ८२ हजार पाँच सय रुपैंया सोमबार बुझेका छन । त्यस्तै अनुगमनका नाममा दीपक बोहरा ४३ हजार ३१० रुपैंया धर्मबहादुर केसीले र रक्षामन्त्री बालकृष्ण खाँडको भ्रमण खर्च वापत ३८ हजार४२० रुपैंया नरेन्द्र केसीले आइतवार बुझेका छन । एस काठमाण्डौबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्