
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – कृषि विकास बैंकले १०० रुपैयाँ अंकित दरका सेयरहरु मूल्य वढावढमा बिक्री गर्ने भएको छ। सर्वसाधारणले कम्तिमा १०० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।
बैंकले बिक्री नभएका हकप्रद सेयरहरु मूल्य वढावढमा बिक्री गर्न लागेको हो। बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिक्री गर्न लागेको हो। बैंकको सेयरको बिक्री प्रबन्धकमा एस क्यापिटल छ।
बढि मूल्य वोलकवोल गर्नेले बैंकको सेयर पाउने छ। बैंकको सेयर किन्ने प्रकृयालाई भने झन्झटिलो पारिएको छ।
काठमाडौंवाशीलाई मात्र पायक पर्न गरी सेयर बिक्री गर्न लागिएको छ। काठमाडौंवाशीले पनि सजिलो गरी भने सेयरमा आवेदन दिन पाउँदैनन्। सेयरमा आवेदन फागुन १२ गतेभित्र दिइसक्नु पर्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्