Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैकले राख्यो सेयर बिक्रीमा राख्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – कृषि विकास बैंकले १०० रुपैयाँ अंकित दरका सेयरहरु मूल्य वढावढमा बिक्री गर्ने भएको छ। सर्वसाधारणले कम्तिमा १०० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ।

बैंकले बिक्री नभएका हकप्रद सेयरहरु मूल्य वढावढमा बिक्री गर्न लागेको हो। बैंकले १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिक्री गर्न लागेको हो। बैंकको सेयरको बिक्री प्रबन्धकमा एस क्यापिटल छ।
बढि मूल्य वोलकवोल गर्नेले बैंकको सेयर पाउने छ। बैंकको सेयर किन्ने प्रकृयालाई भने झन्झटिलो पारिएको छ।
काठमाडौंवाशीलाई मात्र पायक पर्न गरी सेयर बिक्री गर्न लागिएको छ। काठमाडौंवाशीले पनि सजिलो गरी भने सेयरमा आवेदन दिन पाउँदैनन्। सेयरमा आवेदन फागुन १२ गतेभित्र दिइसक्नु पर्छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK