×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौधरीको खुला लुटतन्त्र !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चौधरीको खुला लुटतन्त्र !

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कविता र साहित्यका नाममा विश्व भ्रमण गरिरहेका अरबपति बसन्त चौधरीका आर्थिक वेथिति र राज्यमा हुने लुटतन्त्रका पोल खुल्न थालेका छन् । 
उच्च ओहदाका व्यक्तिदेखि कर्मचारीतन्त्र, अदालत, सेना, प्रहरीसम्मलाई प्रभावमा राखेका चौधरीले राज्यलाई करोडौं कर छलिरहेका छन् । साना ठेक्कादेखि ठूला आयोजनासम्ममा हात हालेका चौधरीले केही रकममा बाबु लुनकरणदासका नाममा ट्रष्ट खोली त्यहि मार्फत राज्यसामु आर्थिक वेथितिलाई बढावा दिएका हुन् । स्रोतका अनुसार यी सवै चरित्रहरू लुकाउनका लागि उनले सञ्चार क्षेत्रमा पनि लगानी बढाउने प्रक्रिया सुरू गरेका छन् । 
यसबाहेक करोडौं रकम आम्दानीका लागि उनले नेपाली सेनाको ठेक्कामात्र होइन, ट्रष्टका नाममा अस्पताल, राजनीतिका नाममा खेलक्षेत्रमा पनि बसन्त चौधरीले व्यापक चलखेल सुरू गरेका छन् । नेपाली सेनाको राशन, डाइट विस्कुट, लुनकरणदास ट्रस्टका नाममा सुनसरीको दुहवीमा खोलिएको अस्पतालमा ल्याइएका औषधिहरूको दुरूपयोग काठमाडौंमा रहेको नर्भिक अस्पतालमा समेत उनले गरेका छन् । 
क्रिकेट एसोसिएसन अफ नेपालमा पनि सहभागी हुन नेकपा माओवादी केन्द्रलाई प्रभावमा राखेका चौधरीले उक्त संघमार्फत पनि करोडौंका विभिन्न ठेक्का आफ्नो नाममा पार्ने तयारी गरेका छन् । त्यसका लागि माओवादीका नेताहरूलाई आर्थिक प्रलोभनमा उनले फँसाएको स्रोतले जनाएको छ । ‘राज्यका प्रत्येक ठाउँमा उनको प्रभाव अहिले बढिरहेको छ, ठूलो घरानाका भएपनि उनले ठेक्कादेखि अस्पतालसम्मलाई राज्यको ढिकुटीमा दिनुपर्ने रकम छलेर नेता र कर्मचारी पालेर चलाइरहेका छन्’,स्रोतले भन्यो । 

आफ्ना कम्पनीले गरेका गल्ती मिडियामा ढाकछोप गर्नका लागि उनले दर्जनभन्दा बढि पत्रकारहरूलाई मासिक तलवमा पनि राखेका छन् । चलेका दैनिक अखबार र अनलाइनका पत्रकाहरू समाचार सूचनाको तस्करी गरेवापत उनीसँग मासिक तलव बुझ्छन् ।  आर्थिक प्रभावमा समग्र क्षेत्रलाई पेन्डुलम बनाई नेपाली धनलाई विदेशसम्म लैजानका लागि उनले यस्ता गतिविधि अगाडी बढाइएको स्रोतको दाबी छ । नेपालमा ठेक्का गरी करोडौं रकम कुम्ल्याउने चौधरीले बस्रेल्समा धन थुपारेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: