
बिराटलक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ६ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
प्राइम बैंकसंग गाभिने निर्णय गरेको बिराटलक्ष्मीले यस अवधिमा ४ अर्ब ८९ करोड निक्षेप संकलन गरि ३ अर्ब १९ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४ अर्ब ६२ करोड निक्षेप संकलन गरि २ अर्ब ७८ करोड कर्जा परिचालन गरेको थियो।
यस अवधिमा बैंकले २४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९ करोड ७३ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने ६ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा गरेको थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ४२ करोड ३५ लाख रुपैयाँ रहेओ छ भने जगेडा कोष रकम २३ करोड ८० लाख पुर्याएको छ। बैंकको खराब कर्जा अनुपात शुन्य दशमलब ३९ प्रतिशतबाट बढेर १ दशमलब १४ प्रतिशत पगेको छ। यस अवधिमा बैंकको प्रति सेयर २९ रुपैयाँ ११ पैसा, प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ ९६ पैसा, मूल्य आम्दानी अनुपात १४ दशमलब १९ गुणा र कर्जा निक्षेप अनुपात ५८ दशमलब ६६ प्रतिशत रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्