×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लीज अवधि’ सकिएपनि सञ्चालनमा छन् चितवन राष्ट्रिय निकुन्जभित्रका यी होटलहरु, नियमन कसले गर्ने ?

PRIME CA

‘लीज अवधि’ सकिएपनि सञ्चालनमा छन् चितवन राष्ट्रिय निकुन्जभित्रका यी होटलहरु, नियमन कसले गर्ने ?

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात ओटा होटल तथा रिसोर्टहरु बाहिरिए पनि काम गरिरहेको खबर प्राप्त भएको छ । तीस वर्षे लीज अवधि सकिएको भन्दै नेपाल सरकारले ती सात वटा होटल तथा रिसोर्टहरुको अनुमतिपत्र नवीकरण नगरेका कारण उनीहरु बाहिरिएका थिए ।
अहिले रिसोर्टभित्र टेबुल कुर्सी लगायतका सामग्रीहरु छन् । अनुमतिपत्र नविकरण नभए पनि रिसोर्टहरुले आफूले विगतमा उपभोग गरेको क्षेत्र खाली भने गरेका छैनन् । निकुञ्जभित्र गतिविधि सञ्चालन गर्न नपाएपछि व्यवसायीहरु ले निकुञ्ज बाहिर मध्यवर्ती क्षेत्रमा नयाँ संरचना निर्माण गरी व्यवसाय सञ्चालन गरिरहेको स्वीकार्छन् । जहाँबाट उनीहरु पहिले जसरीनै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जीप सफारी सञ्चालन गर्दै आएका  छन् । 
सो क्रममा अलपत्र परेका संरचनालाई सम्बन्धित व्यवसायीहरुले पर्यटक घुमाउने रुटको रुपमा प्रयोगपनि गरिरहेका छन् । सञ्चालन अनुमति सकिएर नियम सङ्गत रुपबाट निकालिए पनि व्यवसायीहरु सो स्थान प्राप्तिको लडाईं लडिरहेका छन् ।  यता व्यवसायीहरुनै होटल तथा रिसोर्ट सञ्चालनको अनुमति दिन हुने र नहुनेमा दुई भागमा विभाजित छन् । 
यी सात रिसोर्ट बाहिरिएका थिए  :
१) चितवन जङ्गल लज
२) आईल्याण्ड जङ्गल रिसोर्ट
३) होटल मचान
४) नारायणी सफारी
५) टेम्पल टाइगर,
६) गैंडा वाईल्ड लाइफ क्याम्प
७) टाइगर टप्स ।
अहिले निकुञ्जभित्रको मानवीय गतिविधिले वन्य जन्तुको चोरी शिकारीमा ह्वात्तै वृद्धि भएको समेत आरोप लाग्ने गरेको छ । तर, व्यवसायीहरु भने यसलाई स्विकार्न तयार छैनन् । उनीहरुले आफूहरु आरक्षित वन्यजन्तुलाई असर नपुर्याईकन निकुञ्ज व्यवस्थापनसँग मिलेर संरक्षणमा थप जोड दिदै आएको बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: