×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्वाभाविक बढेको इन्सुरेन्स कम्पनीको सेयरमूल्य र लगानीकर्ताले बुझ्नुपर्ने कुरा (दुर्गा प्रसाद काफ्लेको विश्लेषण)

PRIME CA

अस्वाभाविक बढेको इन्सुरेन्स कम्पनीको सेयरमूल्य र लगानीकर्ताले बुझ्नुपर्ने कुरा (दुर्गा प्रसाद काफ्लेको विश्लेषण)

अर्थ सरोकार

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दुर्गा प्रसाद काफ्ले 

बजार आजपनि घट्यो । आज सर्वाधिक गुमाउनेमा इन्सुरेन्स कम्पनीका लगानीकर्ताहरु छन् । आज इन्सुरेन्स हाराहारी १० प्रतिशतले घट्यो ।
जमानादेखि एजीएम नगरेका, राइटको भरमा टिकेका, हल्लाकै भरमा अड्किएका इन्सुरेन्स कम्पनी पनि यो कालो धन व्याप्त बजारमा अतिनै महंगा थिए । इन्सुरेन्सको अत्याधिक पूँजी वृद्धिको हल्ला चलाएर अनावश्यक बजार बढाएर इन्सुरेन्सको सेयर मूल्य सगरमाथाको चुचुरोमा पुर्याएर, बेचेर छोडेका केहि ठुला खेलाडीले आज साना लगानीकर्तालाइ फसाएर अव संस्तोमा किन्न कुरिरहेका छन् ।  
हुनपनि अत्याधिक महँगो छ इन्सुरेन्स र माइक्रो फाइनान्सको सेयरको मूल्य । केहि नदिने कम्पनीकोपनि मूल्य त्यति महँगो किन ? जव कि राम्रो डिभीडेन्ड दिने बिकास बैंकको सेयर ३०० मा पाइन्छ । हामीले रिटर्न हेरेर लगानी गर्ने हो । त्यसैले महंगोमा नफसौं । इन्सुरेन्स घट्छ अझै । विचार गरेर लगानी गरौँ । बाँकी तपाईंकै मर्जी ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: