
- अर्थ सरोकार सम्बाददाता
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा हुने गरेको भ्रष्टचार र अनियमितताबारे अर्थ सरोकार डटकमले एक्स्कुल्सिभ खबर ब्रेक गरेपछि संस्थानका अन्य कर्तुतहरुपनि सार्वजनिक हुन थालेका छन् । किसानले निक्कै मिहेनतका साथ उत्पादन गरेको सुद्ध दुधमाथि डीडीसीले मिसावट गरेर ट्यांकरका ट्यांकर दुध फालेको भिडियो अर्थ सरोकार डटकमले ब्रेक गरेकाे थियाे ।
त्ययसपश्चात हामीलाई प्राप्त पछिल्लो एक प्रमाण अनुसार सस्थानका जीएम गंगा तिम्सिनाले कानुन बिपरित सस्थानबाट एक रुपैया पनि नतिरी दुध चोरी गरेर आफ्नो घर लिने गरेको तथ्य फेला परेको छ ।
‘२ बर्षअघि नै अवकाश पाएका जीएम तिम्सिना केपी ओलीको पावर लगाएर फेरी ३ बर्षे करार अवधिमा प्रमुख बनेर आएपछि सस्थांनलाई व्यक्तिगत सम्पत्तिजस्तै ठानेर प्रयोग गरिरहेका छन् ।’ डीडीसी श्रोतले अर्थ सरोअकर डटकमसँग भन्यो । ‘जुनसुकै पार्टीको मान्छे प्रधानमन्त्री बनेर आएपनि यो सस्थांनको जीएम हुने मै हो भन्दै जीएमसाब असभ्य तरिकाले कर्मचारीसँग प्रस्तुत हुने गर्छन् ।’
ड्राइभरलाइ प्रयोग गरी दुध चोरी गर्छन जीएम तिम्सिना
सस्थानको बालाजुस्थित आयोजनाबाट जीएम तिम्सिनाले आफ्नो ड्राइभरलाइ आफ्नो घरमा अबैध रुपमा चोरी गरी एकै पटक दर्जनौ प्याकेट दुध आफ्नो घरमा लाने गरेका छन् । स्रोतले भन्यो, ‘यस प्रकारको मनपरीबिरुद्ध कोही पनि कोहि बोल्ने आट नै गर्दैनन् र बोल्नेहरुलाई उनले ‘सकेको गर’ भन्ने मनासयले उत्तर दिन्छन् । सस्थांभित्र माैलाएको यस प्रारकारकाे जनितिकका कारण जसले जे गरेपनि हुन्छ भन्ने मानसिकता कर्मचारीहरुमा छ । यहि अवस्था रहिरहे संस्थान निश्चित छ ।’
अर्थ सरोकार डटकमले यसअघि तिम्सिनाले सस्थां डुबाउने र निजीकरण गर्दै आफुले व्यक्तिगत फाइदा लिने योजना र दुधमा भएको मिसावट बारे बिशेष समाचार प्रकाशन गरेपछि सस्थांनको बालाजु आयोजनामा कसले सुचना चुहायो भन्दै हंगामा मच्चाएको नाम नबताउने सर्तले डीडीसीका एक कर्छमचारीले बताए ।
तलको भिडियो सस्थांनको बालाजुस्थित आयोजनाको हो, त्यहाँ भिडियोमा दुध लगेर गइरहेका व्यक्ति तिम्सिनाका ड्राइभर हुन् भने उनले यो दुध जीएमलाई लाग्दै छु भनेर प्रष्ट भनेका छन् । कानुनीरुपमा यसरि सस्थांनबाट व्यक्ति-व्यक्तिले प्याकेटका प्याकेट दुध लग्न भने पाइदैन ।
यो पनि पढ्नुहोस् :
कर्मचारीको सुरक्षा संवेदनशीलतालाइ ध्यान दिंदै हामीले अडियो म्युट गरेका छौं । सम्बादसहितको भिडियो हामीसँग सुरक्षित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्