
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको सरकारी स्वामित्वको भएको दुग्ध बिकास संस्थान (डीडीसी) राजनीतिक खिचातानीका कारण डुब्ने अवस्थामा पुगेको छ । संस्थानका हाकिमहरुको मनोमानी मात्र होइन, कम्पनीभित्र हुने राजनीतिक भागभन्डाले पनि संस्थानलाई हानी भइरहेको छ । ‘जे गरेपनि हुन्छ’ भन्ने शैलीमा कम्पनीका हाकिमले काम कार्वाही अगाडी बढाउँडा कम्पनीको हालत खराब भएको हो । अहिले त झन् संस्थानमा हुने घुसखोरी र अनियमितताले सीमा नाघेको छ । यतिसम्मकी संस्थानले उत्पादन गर्ने प्रत्येक दुधका पोकामा राजनीति हुन थालेको छ ।
गाडीमा भ्रष्टाचार, ठेकेदार र हाकिम मिलेर खान्छन् पैसा
‘संस्थानका महाप्रबन्धक गङ्गा तिमिल्सीना लगायतको मनोमानीले संस्थामा मनलाग्दी बढेको छ ।’ स्रोतका अनुसार दुध सप्लाई गर्ने ४० वटा गाडीको भाडा तिरेर ३५ वटा मात्र गाडी संस्थानका नामामा कुदिरहेको छ । बाँकी ५ वटा गाडीको पैसा यसअघिका हाकिमले पचाएका छन् । ‘ठेकेदारले बाँकी ५ गाडीको हिसावमात्र देखाएका छन् । बाँकी पैसा ठेकेदार र हाकिमले खाएका छन् । यसले गर्दा संस्थानको बजार पनि खस्केको छ । भ्रष्टाचार यसरि मौलाएको छ कि, डीडीसी भित्रभित्रै खोक्रो भईसकेको छ । यहाँ संस्थानलाइ आफ्नो सम्झेर काम गर्ने भन्दापनि संस्थानबाट कहाँ र कसरी के लुट्न सकिन्छ भन्ने शैलीमा हाकिम र अन्य केहि ठुला पदका कर्मचारीहरु लागि परेका छन् । ‘
यिनीहरु लागेका छन् संस्थान डुबाउने खेलमा
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै संस्थानकि एक कर्मचारी भन्छिन्, ‘संस्थानमा रहेको ‘फिलिङ क्षेत्रमा ४०० कर्मचारी छन् । तर बालाजु आयोजनाका प्रशाशन प्रमुख दीपक सुवेदी, लेखा प्रमुख राजन जंग थापा, आयोजना प्रमुख इश्वरी न्यौपाने र खजान्चीमा दरवन्दी भएरपनि कम्प्युटरमा काम गरेका जनार्दन नाम गरेका कर्मचारी मिलेर, अन्य कुनै साखा प्रमुखलाइ समेत खबर नगरी, कर्मचारीको युनियनलाइ समेत थाहा नदिई सम्पूर्ण ठेकेदारको हातमा सुम्पिने टिप्पणी उठाएका छन् । हामीले दर्ता गर्ने बेलामा उक्त टिप्पणी हामीले पाएर नियन्त्रणमा लिएका थियौं । उक्त टिप्पणी हामीले नियन्त्रणमा लिएर च्यात्यौ । हामी संस्थानमा हामीलाई जानकारीमा आएसम्मका मनपरीहरु विरुद्ध लाग्ने अभियानमा छौं ।’
तस्विरमा हेरौं उक्त टिप्पणी



दरबन्दीको बिजोग, बालाजुका स्थाई डेरी सहायकलाइ जीएमले लैनचौरमा कम्प्युटर अपरेटर बनाए
उनी अगाडी भन्छन्, ‘संस्थानलाइ नै अरुलाई जिम्मा लगाउने प्रयास भइरहेको छ । हामी यसमा आन्दोलन गरिरहेका छौं । दरवन्दीको बिजोग छ । बालाजु संस्थानका डेरी सहायकलाइ जीएमले लैनचौर लगेर कप्यूटर अपरेटर बनाएका छन् । यस्ता अरु अनियमितता पनि थुप्रै छन् ।’ ‘संस्थानलाइ ठेक्कामा दिने र कर्मचारी राख्ने भनेर नयाँ कर्मचारीका रुपमा आफ्ना मान्छेहरुलाई जागिर खुवाउने प्रपन्च रचिएको छ ।’ अर्थ सरोकार डटकमसँग उनले भनिन् । ‘यहाँ त जसले जे गरेपनि हुने भएको छ । सक्नेले गर्छ । नसक्ने चुप लागेर बस्छ । नेपाल सरकारको स्वामित्व भएका संस्थानहरुमध्ये सबैभन्दा भ्रष्टचार हुने संस्था पनि यहि हो । ‘
कर्मचारीकै आफन्तको नामबाट टेन्डर, मिलेमतोमा हुन्छ करोडौं भ्रष्टाचार
‘सीधा संस्थाबाट काम गर्दा अख्तियारको डर हुने भएकाले घुमाउरो पाराले भ्रष्टाचार हुने गरेको छ ।’ उनी अगाडी भन्छिन्, ‘रिटायर भएकाले मिलेमतोमा ‘डिस्प्याच’मा आफ्नो गाडी राखेका छन् । यहाँ काम गर्ने प्राय सबै ठुला कर्मचारीको आ-आफ्ना प्राइभेट डेरी छन् । आफ्ना डेरीलाई उकास्न संस्था डुबाउने खेल भइरहेको छ । आफ्नोबाट नामिलेपानी आफन्तका नाममा सेयर भएको कम्पनीलाइ संस्थानका विभिन्न टेन्डर प्रक्रियामा लगाएर घुसखोरी हुने गरेको छ । यहाँ टेन्डर पाउने हरेकजसो ठेकेदार संस्थानका हाकिमका नजिकका नै मान्छे छन् । यसले गर्दा समग्र संस्थान नै धरासायी हुने अवस्थामा पुगेको छ । ‘
महाप्रबन्धक आफ्नो निजी डेरी उकास्ने नाममा संस्थान धरासायी बनाउँदै
![]() |
| महाप्रबन्धक गङ्गा तिमिल्सिना |
‘उनले हालका महाप्रबन्धक गङ्गा तिमिल्सिनाको झापामा एनएमसी नामक डेरी छ । उनी पनि आफ्नो डेरीलाइ उकास्ने र संस्थालाइ कमजोर बनाउने खेलमा लागेका छन् ।
हामी सकेसम्म यसलाई रोक्ने प्रयास गरिरहेका छौं । उनी पहिला नै रिटायर्ड भएका थिए भने केपी ओलीको राजनीतिक नियुक्तिका आधारमा उनी पुन: ३ बर्षका लागि करारमा आएका छन् ।
उनीविरुद्ध त अख्तियारमै पनि डेढ सय जति उजुरी परिसकेका छन् । संस्थानमै पनि देखिएर होस् वा नादेखिएर उनीविरुद्ध उजुरी नगर्ने सायदै कोहि होलान् । तर पनि राजनीतिक आडमा उनले मनपरी गरी नै राखेका छन् । उनको यो गलत धन्दालाई नरोकेसम्म संस्थान अगाडी नबढ्ने कुरामा कुनै दुइमत नै छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्