Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ता संघले सुरु गर्यो चुनौतीपूर्ण काम, फेक आइडी चलाउने र भ्रामाक समाचार लेख्ने विरुद्ध यस्तो तयारी

अर्थ सरोकार

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सेयर लगानीकर्ता संघले नक्कली फेसबुक आइडी बनाएर सेयर बजारका बारेमा विभिन्न भ्रामक प्रचारप्रसार गर्नेहरुविरुद्ध मुद्दा दायर गर्ने भएको छ । सेयर लगानीकर्ता संघ नेपालका महासचिव एवं प्रवक्ता नवराज सुवेदीले समग्र पुँजी बजारलाई नकारात्मक प्रभाव पार्ने गरी नक्कली आइडी खोलेर अनर्गल प्रचारप्रसार गर्ने व्यक्तिविरुद्ध कानुनी कारवाहीमा उत्रिन लागिएको अर्थ सरोकार डटकमलाई जानकारी दिए । ‘पहिलो चरणमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई यसबारेमा आधिकारिक जानकारी गराउँछौं । त्यसपछि सम्बन्धित निकायमा कानुनी कारवाहीका लागि उजुरी दर्ता गराउने संघले निर्णय गरेको छ ।’, अर्थ सरोकार डटकमसँग भने । 

भ्रामक समाचार सञ्चारगृहलाई पनि उजुरी गरिने 
संघले सेयर बजारलाई प्रभावित पार्ने गरी अनर्गल, भ्रामक र झुटो समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमका विरुद्ध पनि प्रेस काउन्सिलमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ । यसका लागि पहिलो चरणमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग छलफल कार्यक्रम गरिने भएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK