×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफपीओमा यसरी ल्याउँदै छ विकृति

PRIME CA
GLOBAL IME BANK

एफपीओमा यसरी ल्याउँदै छ विकृति

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं –  एफपीओले भविष्यमा कतिसम्म विकृति ल्याउँदैछ भनेर प्रारम्भिक संकेत देखिन थालिसकेको छ । मंगलबारमात्रै शिखर इन्सुरेन्स कम्पनीको दोस्रो बजारमा सेयर भाउ १६५३ रूपैयाँसम्म झरेको छ । तर यही कम्पनीले फेरि दोहोर्याएर एफपीओ ल्याउन धितोपत्र बोर्ड आवेदन दिंदैछ ।
अब कम्पनीले प्रिमियममा प्रतिकित्ता १६२० रूपैयाँका दरले एफपीओ ल्याउने प्रस्ताव लैजाँदैछ । १६२० मा एफपीओ ल्याउने सञ्चालक समितिले निर्णय गरेर त्यसको सार्वजनिक जानकारीसमेत गराइसकेको छ । 
सेयर बजार यतिबेला बियरिस ट्रेन्डमा छ । बजार अझै तल गयो भने कम्पनीले प्रस्ताव गरेको प्रिमियम भाउभन्दा दोस्रो बजारको भाउ निकै सस्तो हुनेमा दुइमत छैन ।
यसआधारमा सर्वसाधारण लगानीकर्ता फस्ने अवस्था आउँदैछ । अहिले नै नियामक नेपाल धितोपत्र बोर्ड सचेत भएर मनपरी ढंगले एफपीओ ल्याउन बन्देज नलाउने हो भने आगामी दिनमा सेयर बजारको मन्द विष बन्नेछ, एफपीओ । 
दोस्रो त्रैमासिक रिपोर्ट अनुसार शिखरको प्रतिसेयर नेटवर्थ १९६ रूपैयाँ १३ पैसामात्र छ । नेटवर्थ दुई सय रूपैयाँ पनि नभएको कम्पनीलाई १६२० मा एफपीओ ल्याउन दिइयो भने त्यसले सेयर बजारमै कंलक लगाउने अवस्था आउनेछ । उता, प्रिमियर इन्सुरेन्सको पनि हालत यस्तै हुने देखिएको छ ।
प्रिमियरले प्रतिकित्ता १००४ रूपैयाँका दरले एफपीओ ल्याउने प्रस्ताव गरेको छ । सोमबार प्रिमियर इन्सुरेन्सको सेयर भाउ ११५७ रूपैयाँसम्म झरेको थियो । बजार तल झर्यो भने यो कम्पनीको सेयर पनि हाल प्रस्ताव गरिएको प्रिमियम भाउ भन्दा तल आउने सम्भावनालाई नकार्न सकिंदैन ।
 चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार प्रिमियर इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ २०४ रूपैयाँ ७७ पैसा छ । यी बाहेक अन्य थुप्रै कम्पनीले ल्याउन लागेको एफपीओको हालत पनि यस्तै छ । यस आधारमा तत्काल एफपीओ थप नियमन आवश्यकता देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: