×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटक तान्दै घोडेपानी

PRIME CA
GLOBAL IME BANK

पर्यटक तान्दै घोडेपानी

१६ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ – म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् ।
पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तरगत पर्ने घोडेपानीमा दैनिक २ सय जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा पुनले बताए ।
‘नयाँ वर्षको बिदा मनाउन आएका चिनियाँ पर्यटकका कारण बेसिजन भए पनि व्यवसाय राम्रो भएको छ’, घोडेपानीस्थित स्नो भ्यू लजका सञ्चालन पुनले भने – ‘शुक्रवार हिउँ परेपछि भ्रमणमा आएका पर्यटक उत्साहित भएका छन् ।’
पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग परेका छन् । घोडेपानीमा रहेका २३ ओटा सुविधासम्पन्न होटल चिनियाँ पर्यटकले खचाखच भरिएका छन् । एक सातासम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् । पुनहिल, घोडेपानी, देउराली क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ परेको छ । हिउँ खेल्दै सेताम्मे बनेका डाँडाकाँडाको दृष्यावलोकन गर्न पाउनु थप आकर्षण बनेको छ ।
शनिवार बिहान २ सयभन्दा बढी पर्यटक पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् । पोखरालगायतका सहरबाट आन्तरिक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध छ ।
कास्कीको नयाँपुल, घान्द्रुक र म्याग्दीको भुरुङ तातोपानी हुँदै घोडेपानीमा बास बस्न पुग्ने पर्यटकका लागि पुनहिल प्रमुख गन्तव्य हो । समुद्री सतहबाट तीन हजार २ सय १० मिटरको उचाइमा अवस्थित पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुछ्रे लगायतका करिव २० ओटा हिमशङ्खलाको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: