×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरे के सकिन्न र ? इन्जिनियर धिताल ‘होमस्टे’ चलाउँदैछन्, फूलबारीमा ‘सुन’ फलाउँदैछन्…

PRIME CA
GLOBAL IME BANK

गरे के सकिन्न र ? इन्जिनियर धिताल ‘होमस्टे’ चलाउँदैछन्, फूलबारीमा ‘सुन’ फलाउँदैछन्…

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

 
  • अर्थ सरोकार सम्बाददाता

काभ्रे – सुन्दर फूलबारी गाउँ ! रमाईलो बसोबास अनि अर्गानिक भोजन । आउने अतिथिलाई गर्विलो सत्कार । समग्रमा निकै रमाईलो बसाईं । यहि भएर होला सायद फुलबारी होमस्टेमा जाने र जाने चाहानेहरुको लर्को लामै छ । आफ्नै बारीमा फलेका अर्गानिक तरकारीसहितको भोजन र गाउँले बसोबास अहिले निकै व्यवस्थित बनिसकेको छ । गाउँका युवाले सुरु गरेको एउटा अभियानले अहिले फूलबारी गाउँको रङ्ग नै फेरिएको छ ।

मनै लोभ्याउने फुलबारी होमस्टे 
काभ्रेको फूलबारी गाउँमा स्थापना भएको फूलबारी होमस्टेप्रति आन्तरिक र विदेशी पर्यटकहरुको आकर्षण बढेको छ । विशेष गरी फूलबारी नै घुम्न पुगेका पर्यटक, विभिन्न अध्ययनका क्रममा आएका विद्यार्थी र नमोबुद्ध लगायतका ठाउँ घुम्न आएका पर्यटक समेत फूलबारी होमस्टेमा बस्ने गरेका छन् । ‘हामी गाउँमै फलाइएका अर्गानिक तरकारी खुवाउँछौं ।’ होमस्टे सञ्चालक श्री कृष्ण धिताल भन्छन्, ‘गाउँले रहनसहनमा पर्यटकलाइ भिजाउने प्रयास गर्छौं । अहिलेसम्म आएजति पर्यटकले ‘राम्रो’ भनिदिनुभएको छ । हामी होमस्टेलाई अझै व्यवस्थित बनाउँदै जानेछौं ।’    
गाउँमै छ सम्भावना
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै होमस्टे सञ्चालक धितालले गाउँमै सम्भावना भएको बताएका छन् । ‘होमस्टेलाइ अझै व्यवस्थित गर्न सके गर्न सक्ने ठाउँ धेरै छ ।’ धिताल अगाडी भन्छन्, ‘अहिले त खासै प्रचार विना नै पर्यटकहरु आईरहनुभएको छ । केहिमात्र राम्रो प्रचार प्रसार गर्न सके, धेरै गर्न सकिन्छ ।’ उनले हाल आफ्नो परिवार होमस्टे संचालनमा लागेको बताउँदै भविष्यमा गाउँका अन्य स्रोतलाइ पनि उपयोग गरेर रोजगारी सिर्जना गर्न सकिने बताउँछन् । ‘गाउँमा धेरै गर्न सकिन्छ । विदेश जानु नै पर्दैन । अहिले मानव स्रोतको कमी छ । गाउँका अधिकांस युवा बनेपा वा काठमाडौँमा छन् । थोरै मात्र मेहेनत गर्ने हो भने आफ्नै गाउँमा राम्रो कमाइ गर्न सकिन्छ ।    

पढाइ इन्जिनियर, व्यवसाय ‘होमस्टे’
यसो त होमस्टे सञ्चालक धिताल हाल एमई गर्दैछन । उनले इन्जिनियरिङमा स्नातक गरिसकेका छन् । उनका भाइ पनि इन्जिनियर हुन् । ‘हामीजस्ता पढेका युवाले नै गर्ने हो ।’ धिताल अगाडी भन्छन्, ‘यहाँ त नपढेकाहरु खाडी नै जानुपर्छ र पढेकाहरुले काठमाडौँमा जागिर नै खानुपर्छ भन्ने गलत चलन छ । आफ्नो गाउँका लागि हरेक युवाले केहि योगदान दिए गाउँ आफैं बन्छ । हामी त्यहि प्रयासमा छौं । सुन्दरताको खानी ‘फूलबारी’लाई हामी पर्यटकीय स्थल बनाउने प्रयासमा छौं ।                     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: