×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्टारटिकाको सर्वोच्च शिखरमा आईएमईको लोगो अंकित झण्डा

PRIME CA

अन्टारटिकाको सर्वोच्च शिखरमा आईएमईको लोगो अंकित झण्डा

अर्थ सरोकार

४ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सर्वोच्च सगरमाथा समेत आरोहण गरिसकेका  पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्चशिखर विन्सोन मसिफमा फर्फराएका छन् । गएको पौष २०, २०७३ तदनुसार ४, जनवरी २०१७ मा उनले उक्त झण्डा फर्फराएका हुन् । 
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्वआरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो । 
पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौँ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरिसकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथासहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगोअंकित झण्डा फहराउन सफल भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: