×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गफ दिनुको पनि सीमा हुन्छ नि ! एनबी बैंकले भन्यो, ‘हामीसँग ३,९८७ अर्व निक्षेप छ, ३५,२५२ अर्व कर्जा प्रवाह’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल बंगलादेश बैंकले प्रेस बिज्ञप्तिमै संस्थाबारे भ्रामक तथ्य प्रस्तुत गरेको खुलासा भएको छ । बैंकले मिति २०७३ साल असोज १२ गते जारी गरेको विज्ञप्तिमा आफ्नो निक्षेप ३९८७ अर्व भएको भ्रामक तथ्य फेला प्रस्तुत गरेको छ । यस्तै बैंकले उक्त विज्ञप्तिमा ३५२५२ अर्व कर्जा प्रवाह गरेको र २०७२ /७३ सालको खुद नाफा ११९ अर्व रहेको भ्रामक तथ्य प्रेस विज्ञप्तिमा उल्लेख गरेको खुलासा भएको हो । बैंकले जारी गरेको विज्ञप्तिमा अनेकौं भाषागत त्रुटी भएको समाचार यसअघि अर्थ सरोकार डटकमले प्रस्तुत गरेको थियो । तर विज्ञप्तिलाई सरसर्ती हेर्दा गम्भीर खालको त्रुटी फेला परेको छ । 
बैंक तथा वित्तीय संस्था ऐन २०६३ लाई हेर्ने हो भने बैंकको ताजा स्थितिबारे गलत जानकारी दिनु गैरकानुनी मानिन्छ । तर २०७३ असोज १२ गते प्रकाशित यस्तो गलत विज्ञप्ति सच्याउने काम बैंकले गरेको छैन भने यस सम्बन्धमा कुनै पनि भूलसुधार समेत प्रकाशित गरेको छैन । यसले बैंक कतिसम्म गैर जिम्मेवार रहेछ भन्ने स्पष्ट पारेको छ । नेपाल बंगलादेश बैंकले विज्ञप्तिमा लेखेजस्तो निक्षेप संकलन र कर्जा प्रवाह गरेको छैन । सत्य तथ्य विवरण बैंकले जारी गरेको बार्षिक प्रतिवेदन मा हेर्न सकिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: