×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको फागुन ३ देखि एक सय प्रतिशत हकप्रद खुल्ने

PRIME CA

नेको इन्सुरेन्सको फागुन ३ देखि एक सय प्रतिशत हकप्रद खुल्ने

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेको इन्सुरेन्सले फागुन ३ देखि एक सय प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । एक सय रूपैयाँ अंकित मूल्यमा १ः१ एक सेयर बराबर थप एक कित्ता सेयर बजारमा आउन लागेको हो । यसआधारमा नेकोले कुल ३२ लाख ४० हजार ४३६.३२ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । 
हकप्रद सेयर निष्कासनपछि नेकोको चुक्ता पुँजी ६४ करोड ८० लाख ८७ हजार २६४ रुपैयाँ पुग्नेछ । कम्पनीको यो हकप्रद सेयर पुस १३ गतेसम्म कायम सेयरधीले मात्र भर्न सक्नेछन् । 
एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यलयहरु कलंकी, सूर्यविनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट यो सेयरमा आवेदन दिन सकिनेछ । त्यस्तै, एनएमबि बैंकका अन्य शाखाहरू आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट पनि आवेदन दिन सकिनेछ । 
नेकोको बिक्री प्रबन्धक एनएमबि क्पापिटल लिमिटेड रहेको छ । चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ रहेको नेकोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ५० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९६ पैसा बार्षिकीकरण रहेको नेकोको प्रतिसेयर नेटवर्थ भने एक सय ९७ रुपैयाँ ५६ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: