
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल ग्रामीण विकास बैंक (Nepal Grameen Bikas Bank Ltd.) ले साधारण शेयर अर्थात एफपीओ जारी गर्ने भएको छ । बैंकले आफ्नो पूँजी बढाउन ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्न लागेको हो । गत शुक्रवार बुटवलमा सम्पन्न बैंकको साधारणसभाले उक्त निर्णय गरेको हो ।
हाल बैंक (NGBBL) ले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउँदै आएको जनाएको छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको हो । हाल यस बैंकको चुक्ता पूँजी ५५ करोड ७५ लाख रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्