
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा ५० दशमलब ३० प्रतिशतले बढेको छ।
गत आर्थिक बर्षको यस अवधिमा १ अर्ब ९ करोड खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधीमा १ अर्ब ६४ करोड खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २३ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ।
बैंकले खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा उल्लेख्य प्रगति गर्दा कमाईमा समेत लोभलाग्दो प्रगति देखिएको हो। यस अवधिमा बैंकले १ खर्ब १६ अर्ब निक्षेप संकलन गरि ९६ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ।
गत आर्थिक बर्षको यस अवधिमा बैंकले ९८ अर्ब ६ करोड निक्षेप संकलन गरि ७७ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको थियो। यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम चुक्ता पुंजी भन्दा पनि बढी ९ अर्ब २९ करोड रुपैयाँ पुर्याएको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलब १० प्रतिशतबाट घटेर शुन्य दशमलब ७० प्रतिशतमा झरेको छ।
यस अवधीमा बैंकको प्रति सेयर आम्दानी ३७ रुपैया ६८ पैसा, प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा, मूल्य आम्दानी अनुपात १८ दशमलब ९८ गुणा रहेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्