Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफको वाउन्स दर बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन दिनु भएको छरु  एफपिओमा बुझाएको तपाईको चेक वाउन्स भएको हुन सक्छ।
बैंकहरुका अनुसार पहिले पहिलेका सेयरको तुलनामा नेपाल लाइफको सेयरमा आवेदन दिनेहरुको चेक वाउन्स हुने दर वढेको छ।
ऋणमा एफपिओ भर्नु भएको छर भने त्यस्तो चेक वढिजसो बाउन्स भएको छ।
नेपाल लाइफको सेयरमा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले अहिलेसम्म तीन सय चेक बाउन्स भएको जानकारी दिए। यो तथ्यांक सिद्धार्थ क्यापिटलको मात्र हो।
अरु संकलन केन्द्रसमेत गर्दा यो दर अझै वढ्नसक्ने अनुमान तिमिल्सिनाको छ। तीन सय चेकमार्फत करिब २० करोड रुपैयाँ वाउन्स भएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK