Skip to content
LAXMI SUNRISE BANK

टियुको परिक्षामा प्राज्ञिक अपराध, प्राध्यापक श्याम सुन्दर पन्त जसले उत्तरपुस्तिका जाँच्दै गर्दा फेसबुक लाइभ गरे !

अर्थ सरोकार

  •  अर्थ सरोकार सम्बाददाता 

काठमाडौं-  त्रिभुवन विश्वविद्यालयका एक प्राध्यपकले परिक्षाको नियमक धज्जी उडाएका छन् ।  शुक्रबार बिहान भएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, पशु विज्ञान (भेटनरी) अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षाको कपी जाँच्दै गरेको बेला उनले सबै कुरा फेसबुकमा लाइभ गरेर परीक्षाको यस्तो धज्जी उडाएका हुन् ।

पशु विज्ञान (भेटनरी) मा भर्ना पाउन  हुने चर्को प्रतिष्पर्धा हुने कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा कार्यरत प्राध्यापक श्याम सुन्दर पन्तले बिहान ९ बजे नै प्रवेश परीक्षाको कपी जाँच गर्न जाँदैछु भन्ने पोष्ट गरेर सूचना चुहाएका थिए । उक्त परिक्षामा ४८ सिटका लागि भएको प्रवेश परीक्षामा १ हजार ३७७ सहभागी थिए।त्यसको ८ घन्टापछि फेरि उनले स्थान नै उल्लेख गरेर कपी जाँच गर्दै गरेका ७ फोटा फेसबुकमा पोष्ट गरे। ‘प्रवेश परीक्षा (बीभीएस्सी) को कपि जाँच्दै गर्दा’, कपी जाँच गर्दै गरेका फोटाहरु राखेर उनले पोष्ट गरेका छन् ।
यो घटना भएपछी यसको सामाजिक सञ्जालमा तिब्र बिरोध भएको छ । निकै विरोध भएपछी उनले आफ्नो फेसबुकबाट उक्त पोष्ट डिलिट गरिएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा आचार संहिताअनुसार यो कार्य प्राज्ञिक अपराध हो ।
यो पनि पढ्नुहोस् :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK