
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – प्राईम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ। यस अवधिमा बैंकले १९ दशमलब २९ प्रतिशतले मुनाफा बढाएर ५५ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ। गत बर्षको यस अवधिमा बैंकको कमाइ ४६ करोड ९२ लाख रुपैयाँ थियो।
यस अवधिमा बैंकले ५५ अर्ब निक्षेप संकलन गरि ४६ अर्ब ५ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४२ अर्ब ३० करोड निक्षेप संकलन गरि ३४ अर्ब ११ करोड कर्जा परिचालन गरेको थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ। बैंकले यस अवधिमा १४ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।
यस अवधिमा बैंकको १६ दशमलब ४७ प्रतिशतले बढाएर ८० करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै २५ दशमलब ३० पतिशतले बढाएर संचालन मूनाफा ७३ करोड ४१ रुपैयाँ आर्जन गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलब ४६ प्रतिशतबाट घटेर १ दशमलब ३६ प्रतिशतमा झरेको छ। त्यस्तै प्रति सेयर आम्दानी २२ दशमलब ६६ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४९ दशमलब ३४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २२ दशमलब ५१ गुणा र कर्जा निक्षेप अनुपात ७६ दशमलब ३० प्रतिशत रहेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको १७ दशमलब २५ प्रतिशत बोनस सेयर पुंजिकृत गर्न बाँकी रहेकाले प्रति सेयर आम्दानीमा यसको असर देखिने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्