×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै गृहजिल्लाबाट लखटिए डा.रामशरण महत

LAXMI SUNRISE BANK
GLOBAL

आफ्नै गृहजिल्लाबाट लखटिए डा.रामशरण महत

१३ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – आफ्नै गृहजिल्ला नुवाकोट पुगेका पटके अर्थमन्त्री डा रामशरण महत कार्यक्रमस्थलबाटै लखेटिएका छन । उनी उपस्थित कार्यक्रममा चर्को विरोध भए पछि त्यहाँबाट उनलाई भगाइएको हो ।
नुवाकोटबाट प्रस्ताव गरिएको स्थानीयतहलाई महतले परिवर्तन गरेको भन्दै उनकै गृहजिल्लामा विरोध भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाएपछि स्थिति झन अनियन्त्रित भएपछि महतलाई सुरक्षाकर्मीले कडा सुरक्षासहित कार्यक्रम स्थलबाट भगाएका थिए ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य डा। रामशरण महत सहभागी उनकै गृहजिल्लामा गोली चलेको छ । प्रहरीले ४७ थान रबरको गोली र २२ थान अश्रुग्याँस प्रहार गरेको हो ।
जानकारी अनुसार काठमाडौँबाट गएको सशस्त्र प्रहरीले सिसाको गोलीसमेत प्रहार गरेको थियो । जिल्लातहबाट प्रस्ताव गरिएको स्थानीय तहप्रति असहमति जनाउदै आन्दोलनमा उत्रिएका ‘लिखु गाँउपालिका बचाउ सङ्घर्ष समिति’ ११ दिनदेखि बन्दको क्रार्यक्रम आयोजना गरेका थिए । तर, महत कडा सुरक्षाकाबीच आफ्नो गृहजिल्लास्थित खानीगाँउको ढिकुरे बजार पुगेका थिए ।
त्यहाँ कांग्रेसले आयोजना गरेको ‘जागरण अभियान’मा उनी प्रमुख अतिथिका रुपमा पुगेका थिए । तर, त्यहाँ उपस्थित हजारौँ अन्दोलनकारीले महतको विरोध गर्दै आन्दोलन झन चर्काएपछि प्रहरीले गोली चलाएको हो ।
आन्दोलनकारीले विरोध जारी राखेपनि कडा सुरक्षाका बीच कार्यक्रम गरिएको थियो । महतले कार्यक्रममा आफ्नो निर्वाचन क्षेत्र टुक्राउन दिने पक्षमा आफू नभएको भन्दै भाषण गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी