
सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। बैंकले यस अवधिमा ५२ प्रतिशतले बढाएर ६२ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४० करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकले ५१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ४६ अर्ब ९२ करोड रुपैयाँ कर्जा पर्वाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ३९ अर्ब ९ करोड निक्षेप संकलन गरि ३३ अर्ब २९ करोड कर्जा प्रवाह गरेको थियो। यस अवधिमा बैंकको निक्षेप २८ प्रतिशत तथा कर्जा ४० प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकले १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको छ भने ९५ करोड ८८ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। बैंकले ४९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ भने संचालन मुनाफा ५३ प्रतिशतले बढाएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७३ करोड र संचालन मुनाफा ६२ करोड थियो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ छ। यस अवधिमा बैंकले २२ लाख ६७ हजार खराब कर्जा उठाउन सफल भएको छ भने प्रोभिजनमा ९ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ। खराब कर्जा अनुपात शुन्य दशमलब ०५ प्रतिशतबाट घटेर शुन्य दशमलब ०१ प्रतिशत पुर्याएर बैंकले कर्जा विस्तार हुँदा समेत खराब कर्जा अनुपातको सन्तुलनको उदाहरण पेश गरेको छ।
यस अवधीमा बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६५, प्रति सेयर नेटवर्थ १२६ दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २२ दशमलब ८० गुणा र सिडी रेसियो ७८ दशमलब ६२ प्रतिशत रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्