
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पर्यटकीय नगरी रत्ननगर सौराहामा माघ २९ गतेदेखि सौराहा फूड फेष्टिबल हुने भएको छ। क्षेत्रिय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल रेवानले गर्ने यो फेष्टिबलमा सौराहाका पर्यटन प्रवर्द्धनसँगै चितवनको टिपिकलुखानाको प्रवर्द्धन गरिने जनाएको छ।
रेवानले भ्यालेन्टाइन डेको अवसर पारेर यो महोत्सव गर्दै आएको छ।मेला संयोजक नरेश गिरीले महोत्सवमा विभिन्न नेपाली तथा विदेशी खानाका परिकारसहित स्थानिय थारु समुदायको परिकारहरु चाख्न पाइने जानकारी दिए।
चितवनको पर्यटन प्रर्वद्धन गर्न उद्देश्यले फेष्टिवलको आयोजना गरिएको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्टले बताए। सौराहाको सिसवार खेल मैदानमा हुने फेष्टिवलमा प्रेमपत्र लेखन प्रतियोगिता हुने क्षेत्रिय रेवान सौराहाका महासचिव तथा फेष्टिवलका सदस्य सचिव दिपेन्द्र खतिवडाले जानकारी दिए ।

फेष्टिवलमा नै रेष्टुरेण्ट स्टाफ विच वेटर रेस प्रतियोगिता, रतौली प्रतियोगिता, भजन चुड्का प्रतियोगिता र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता हुने आयोजकले बताए।
फेष्टिबलमा सहुलियत दरमा हात्ती सफारी र डुंगा सफारी गराइने आयोजकले बताए। फेष्टिबलमा करिब ४० लाख खर्च हुने र ५० लाख बढीको कारोबार हुने आयोजकको अनुमान छ । फेष्टिबलमा राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्री पंगेनी, प्रजापती पराजुली लगायतले प्रस्तुती दिने बताइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्