×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्दार्थ बैंकको कमाई ५२ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्दार्थ बैंकको कमाई ५२ प्रतिशतले बढ्यो

Artha Sarokar

९ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सिद्दार्थ बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कमाईमा उल्लेख्य प्रगति गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकले ५२ प्रतिशतले खुद मुनाफा बढाएर ७४ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४९ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 
यस अवधिमा बैंकले ७४ अर्ब २९ करोड निक्षेप संकलन गरि ६२ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ। गत आर्थिक बर्षको यस अवधीमा बैंकले ४८ अर्ब ५९ करोड निक्षेप संकलन गरि ४० अर्ब ३० करोड कर्जा परिचालन गरेको थियो। 
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६३ प्रतिशत र संचालन मुनाफा ५२ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षमा ८० करोड १४ लाख खुद ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा १ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै यस अवधिमा बैंकको सचालन मुनाफा ९० करोड ३४ लाख रुपैयाँ रहेको छ। 
यस अवधिमा बैंकको चुक्ता पुंजी ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ। यस अवधिमा बैंकले १२ करोड ७४ लाख खराब कर्जा उठाउन सफल भएको छ। 
यस अवधिमा बैंकको खराब कर्जा अनुपात १ दशमलब ४१ प्रतिशतबाट बढेर १ दशमलब ५० प्रतिशत पुगेको छ। बैंकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ७४ पैसा, प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ २२ पैसा, मूल्य आम्दानि अनुपात ३५ दशमलब ९१ गुणा, कर्जा निक्षेप अनुपात ७७ दशमलब ९२ प्रतिशत रहेको छ। 
बैंकले केहि समय अघि बिक्रि गरेको २५ प्रतिशत हकप्रद र गत आर्थिक बर्षको कमाईबाट ३९ प्रतिशत बोनसलाई समेत पुंजीकृत गरेकाले प्रति सेयर आम्दानी घटेको हो। बैंकको पुंजी कोष ११ दशमलब ६३ प्रतिशत रहेको छ।
बैंकले हकप्रद सुचिकृत नभएको र बोनस सेयर वितरण नगरेको अवस्थामा समेत सो बापत आउने पुंजी जोडेर प्रति सेयर आम्दानी देखाएको छ। केहि वित्तीय संस्थाले एइपिएस बढी देखाउन बोनस र हकप्रदलाई पुन्जिकृत नगर्ने गरेकोमा सिद्दार्थ बैंकले भने यस्तो नगरी लगानीकर्तामाझ इमान्दारिताको उदाहरण प्रस्तुत गरेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी