
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सिद्धार्थ बैंकको लिलामी सेयर भर्ने सोमबार अन्तिम दिन हो । आवेदकले सोमबार कार्यालय समयसम्म मात्र आवेदन दिन पाउनेछन् । बैंकले हकप्रद निष्कासनमा बिक्री नभएको सर्वसाधारण समूहको एक लाख ५८ हजार ५१७.९० कित्ता सेयर माघ ११ गतेदेखि लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा माथि मूल्य राखी बोलपत्र फारम भर्नुपर्नेछ । यसअघि सिद्धार्थले कात्तिक ११ देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यतिबेला बिक्री नभएका सर्वसाधारण समूहतर्फको सेयर अहिले टेन्डरमा बिक्री गरेको हो । सिद्धार्थको लिलामी सेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेले गरेको छ ।
आवेदकले सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौं तथा सिद्धार्थ बैंकको केन्द्रीय कार्यलय हात्तिसार काठमाडौंबाट आवेदन फारम लिन र बुझउन सक्नेछन् । बोलपत्र माघ १८ गते दिउसो ३ बजे सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर काठमाडौंमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्