×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्सुरेन्सको फेरि पनि आयो धमाका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिखर इन्सुरेन्सको फेरि पनि आयो धमाका

Artha Sarokar

१४ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड एक लाख ६६ हजार ११ रुपैयाँ खुदा नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा सात करोड ८९ लाख ८१ हजार २९४ रुपैयाँले धेरै हो ।

गत वर्ष शिखरले १० करोड ११ लाख ८४ हजार ७१४ रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । चुक्ता पुँजी ८१ करोड ७६ लाख ६८ हजार ३०० रुपैयाँ रहेको शिखरको जगेडा कोषमा भने २० करोड ३२ लाख ६९ हजार ९०३ रुपैयाँ छ ।

कम्पनीको बिमा कोषको आकार ५४ करोड ८४ लाख ३९ हजार १९६ रुपैयाँको छ । शिखरले महाबिपत्ति कोषमा तीन करोड ४६ लाख ६४ हजार २१६ रुपैयाँ छुट्याएको छ । शिखरले बिमा कोष र महाबिपत्ति कोषको आकार पनि मजबुत बनाउँदै लगेको बुझ्न सकिन्छ ।

 शिखरले दोस्रो त्रैमासमा एक अर्ब ३३ करोड ९९ लाख ७१ हजार ६३३ रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । खुद बिमा शुल्क पनि ७५ करोड रूपैयाँभन्दा बढी छ ।

शिखरले यसअवधिमा १९ करोड ६७ लाख ९३ हजार ५६५ रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको ५१ करोड ७६ लाख ७४ हजार ५६६ रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । कम्पनीले पुनर्बिमा कमिसनबाट १४ करोड ७८ लाख ७२ हजार १३७ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

 प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ०४ पैसा ९बार्षिकीकरण० रहेको शिखरको प्रतिसेयर नेटवर्थ भने एक सय ९६ रुपैयाँ १३ पैसा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी