×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकाबाहिर विस्तार हुँदै सेयर ब्रोकर कम्पनी, ९ कम्पनीको कारोबार सुरु, ३२ कम्पनी विस्तार हुँदै

PRIME CA

उपत्यकाबाहिर विस्तार हुँदै सेयर ब्रोकर कम्पनी, ९ कम्पनीको कारोबार सुरु, ३२ कम्पनी विस्तार हुँदै

अर्थ सरोकार

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

राजधानीकेन्द्रित सेयर ब्रोकर कम्पनीहरू धमाधम उपत्यकाबाहिर विस्तार हुन थालेका छन् । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई उपत्यकाबाहिर विस्तारको नीति लिएसँगै ब्रोकर कम्पनीहरूले बाहिरबाट पनि कारोबार थाल्ने क्रमलाई गति दिएका हुन् ।
९ कम्पनीको कारोबार सुरु, ३२ कम्पनी विस्तार हुँदै
५० सेयर ब्रोकर कम्पनीमध्ये ४१ वटाले उपत्यकाबाहिर कारोबार गर्ने अनुमति लिइसकेको स्टक ब्रोकर एसोसिएसनले जनाएको छ । उपत्यकाबाहिरका नागरिकमा सेयर बजारबारे व्यापक जनचेतना वृद्धि भएपछि धमाधम ब्रोकरहरू सञ्चालन भइरहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी बताउँछन् । उनका अनुसार उपत्यकाबाहिर कारोबार गर्न स्वीकृत लिएका ५० मध्ये ९ वटाले कारोबार थालिसकेका छन् । अध्यक्ष रेग्मीका अनुसार हाल धनगढी, पोखरा, नारायणघाट, बनेपा, भैरहवा, वीरगन्ज, धरान, इटहरी, पोखरा, बाग्लुङ, बेँसीसहर, विराटनगर, दमक, बिर्तामोडलगायतका सहरमा स्टक ब्रोकर कम्पनी विस्तार हुने क्रममा छन् ।
उपत्यकाबाहिर पनि चेतना वृद्धि 
स्टक ब्रोकर एसोसिएसन सदस्य अनन्त पौडेलका अनुसार उपत्यकाबाहिर धेरै उद्योग र वित्तीय संस्था रहेको र क्रमशः पुँजी बजारको दायरा पनि बढ्दै गएकाले सेयर ब्रोकर कम्पनीहरूका लागि मोफसल कारोबारको राम्रो सम्भावना भएको बताए । उनले भने, ‘छरिएर रहेको पुँजीलाई संकलन गर्न मोफसलमा सेयर बजार विस्तारको महत्व निकै छ ।’ सेयर बजारहरू विस्तार भएसँगै उपत्यकाबाहिर रहेका उद्योग र वित्तीय कम्पनीहरू क्रमशः पब्लिकहरूको पहुँचमा पुग्न सहज हुनेछ । हाइड्रोपावर कम्पनी र विकास बैंकलगायतका संस्थाहरूले उपत्यकाबाहिर पुँजी बजारबाट लाभ लिन सकिन्छ भन्ने चेतना विस्तार भइसकेको छ ।
पूर्वमा १६ वटा ब्रोकर कम्पनी कारोबार गर्दै 
नेपाल स्टक ब्रोकर एसोसिएसनका अनुसार पूर्वमा १६ वटा ब्रोकर कम्पनी विस्तार भइरहेका छन् । त्यसमध्ये विराटनगरमा ५ इटहरीमा ४, धरानमा २, दमकमा १, बिर्तामोडमा ४ वटा ब्रोकर कम्पनीले कारोबार गर्ने अनुमति लिइसकेका छन् । जसमध्ये विराटनगरमा दुई कम्पनीले दुई वर्षअघिदेखि नै कारोबार थालिसकेका छन् । विराटनगरमा ५०, २८ र १० नम्बरका ब्रोकर कम्पनीहरूले चाँडै नै कारोबार सुचारु गर्ने भएका छन् ।
९६ प्रतिशत कारोबार उपत्यकाभित्रै 
नेपाल धितोपत्र बोर्डका अनुसार नेपालको कुल सेयर कारोबारमध्ये उपत्यकाभित्र ९६ प्रतिशत हुने गरेको छ । तर, ब्रोकर कम्पनीहरू विस्तार भइसकेपछि कारोबारको प्रतिशत वृद्धि हुनेछ । पहिले उपत्यकामा मात्र सीमित रहेको सेयर बजारको चेतना आजकल उपत्यकाबाहिरका सहरहरूमा मात्र नभएर गाउँ–गाउँसम्म पनि वृद्धि भइसकेको छ । जसले गर्दा छरिएर रहेको पुँजी संकलन गर्न र उद्योगहरूलाई सार्वजनिक बनाउन उपत्यकाबाहिर पनि सेयर बजारको आवश्यकता बढदै गएको छ । आजको नयाँ पत्रिकामा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: