
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव गरिएको छ।
तारेभीर महोत्सवको शनिबार उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति, महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङलगायत राजनीतिक दलका स्थानीय नेताले तारेभीरलाई चट्टानी बगैँचा रक गार्डेन भएको पर्यटकीयस्थल बनाउन कार्ययोजनासहित अघि बढ्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए।

निकुञ्जभित्र उपत्यकाको कङ्क्रिट जङ्गल र आकर्षक हिमाल देखिने सो स्थललाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक २०७१ माघ १ गते महोत्सव आयोजना गरिएको थियो।
पर्यटकीयस्थल बनाउन घरवास होम स्टे को अवधारणा अघि सारेर गृहकार्य सुरु गरिएकै बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर ध्वस्त भएका थिए। घर भत्किए पनि स्थानीयवासीले महोत्सवलाई भने गत वर्ष र यस वर्ष पनि निरन्तरता दिएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्