×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिबेणी विकास बैंकको दोस्रो त्रैमासको कमाईमा शतप्रतिशतको बढोत्तरी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

त्रिबेणी विकास बैंकको दोस्रो त्रैमासको कमाईमा शतप्रतिशतको बढोत्तरी

१८ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – त्रिबेणी विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १०१ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ। गत आर्थिक बर्षको यस अवधिमा ५ करोड ५४ लाख रुपैयाँ कमाई गरेको बैंकले यस अवधिमा ११ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 
यस अवधीमा बैंकले १६ प्रतिशतले बढाएर ९ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ प्रतिशतले बढाएर ८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले २९ लाख ८० हजार खराब कर्जा उठाउन सफल भएको छ। 
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ भने संचालन मुनाफा १६ करोड ६७ लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ८७ प्रतिशत र संचालन मुनाफा १०२ प्रतिशतले वृद्धि हुँदा आकर्षक कमाई गर्न सफल भएको छ। 
यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २६ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ। बैंकले ३ करोड ५७ लाख रुपैयाँ प्रोभिजनमा छुट्याएको छ। बैंकको खराब कर्जा अनुपात २ दशमलब ०९ प्रतिशतबाट बढेर २ दशमलब २९ प्रतिशत पुगेको छ।  
यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १६ दशमलव ५३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशलमव ९३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १९ दशमलव ५७ रुपैयाँ र कर्जा निक्षेप अनुपात  ९सिसिडी रेसियो० ७८ दशमलब ९५ प्रतिशत रहेको छ।   
२०६१ मा ३ जिल्ले विकास बैंकको अवस्थामा रहेको त्रिबेणी विकास बैंक हाल जनता बैंकसंग मर्जर प्रक्रियामा रहेको छ। मर्जरका लागि दुवै बैंकको स्वाप रेसियो १स्१ कायम गरिएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको छ भने ५० प्रतिशत हकप्रद बिकी समेत गरेको छ। त्रिबेणी र जनता बैंकबीचको मर्जर पश्चात कायम चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद बिक्रि गर्ने गर्ने जनाइएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: