×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेष्टर्न डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वेष्टर्न डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

१२ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – वेष्टर्न डेभलपमेन्ट बैंकको एक सय प्रतिशत हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन हो । बैंकले प्रतिकित्ता १ः१ ९एक सेयर बराबर एक० अनुपातमा एक सय रूपैयाँ दरको १५ लाख ६९ हजार ६०० कित्ता हकप्रद सेयर मंसिर २२ देखि बिक्री खुला गरेको हो  । 
 यसअघि वेष्टर्नले पुस २६ गतेसम्मका लागि हकप्रद खुला गरेको भए पनि निर्धारित समयमा आवश्यकता अनुसार आवेदन नपरेपछि १५ दिन समय थपेर माघ १२ गतेसम्म बनाइएको हो । 
दोस्रो बजारमा संकुचन आउँदा हकप्रद क्रेजमा केही कम भएको अनुमान छ । गत कात्तिक १ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । 
प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, वेष्टर्न डेभलपमेन्ट बैंक घोराही, दाङसहित बैंकको अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसैगरी, सिद्धार्थ डेभलपमेन्ट बैंकको शाखा कार्यालय वीरगन्ज, विराटनगर, नारायणगढ, पोखरा, बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
वेष्टर्नको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो । चुक्ता पुँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको वेष्टर्नले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हकप्रद पश्चात वेष्टर्नको चुक्ता पुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी एक रुपैयाँ ८९ पैसा रहेको वेष्टर्नको प्रतिसेयर नेटवर्थ भने एक सय ४४ रुपैयाँ ९९ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: