×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि विकास बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – कृषि विकास बैैंकको १९ लाख ६८ हजार ५७५ कित्ता सेयर लिलामीमा खरिद गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको भारीमात्राको सेयर माघ २७ देखि लिलामीमा बिक्री खुला गरेको हो । आवेदकले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । 
बोलपत्र १० अंकले भाग जाने संख्यामा न्यूनतम एक सय कित्तादेखि अधिकतम १० हजार कित्तासम्म मात्र भर्न पाइनेछ । ठूलोमात्रामा सेयर लिलामी भएकाले धेरैलाई टेन्डरमा पनि यो सेयर पर्ने सम्भावना छ ।
यसअघि कृषिले कात्तिक ३ देखि मंसिर ७ गतेसम्म हकप्रद खुला गरेको थियो । कृषिको सेयर ग्रामीण क्षेत्रका धेरै किसानसँग भएकाले पनि कतिपयले हकप्रद सेयर खुलेको जानकारी नपाउँदा पनि ठूलोमात्रामा हकप्रद नबिकेको हो । बैंकको यो लिलामी सेयरमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्दै आएको छ । 
आवेदकले एस क्यापिटल लालदरबार काठमाडौंबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । बोलपत्र शुक्रबार दिउसो ३ बजे एस क्यापिटल लालदरबार काठमाडौंमा खोलिनेछ ।
कुषिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ६६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चुक्ता पुँजी यो त्रैमासमा १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । तर यसमा साधारण सेयरको चुक्ता पुँजी भने चार अर्ब ९४ करोड १६ लाख ८८ हजार रुपैयाँ मात्र छ । बाँकी अग्राधिकार सेयर ९सरकारको० पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ ।
 बैंकको रिजर्भ कोषमा पनि नौ अर्ब २९ करोड २० लाख एक हजार रुपैयाँ जम्मा भैसकेको छ । यो रिजर्भ कोषले बैंकलाई मजबुत बनाएको छ । कृषिको प्रतिसेयर आम्दानी यो त्रैमासमा २९ रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ पनि २८४ रुपैयाँ ४३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी