Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमान्डू लुम्बिनीले गर्यो लोभलाग्दो प्रगति

अर्थ सरोकार

  • अर्थ सरोबार संम्वाददाता 

काठमाण्डौ – बैंक अफ काठमान्डू लुम्बिनी लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ। यस अवधीमा बैंकको मुनाफा ८२ दशमलब ७० प्रतिशतले वृद्धि भएको छ। 
गत आर्थीक बर्षको यस अवधीमा ३२ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधीमा ६० करोड १४ लाख रुपैयाँ कमाई गर्न सफल भएको छ। 
यस अवधिमा बैंकले ७० दशमलव ७३ प्रतिशतले वृद्धि गरी ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९३ दशमलव ७५ प्रतिशतले वृद्धि गरी ६२ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकले ६ करोड रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ। संभावित जोखिमका लागि बैंकले प्रोभिजनमा १५ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ।   
संचालन मुनाफा र खुद ब्याज आम्दानीमा उल्लेख्य प्रगती गर्दा बैंक राम्रो कमाई गर्न सफल भएको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने ८६ करोड ५९ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानीमा ८७ प्रतिशत र संचालन मुनाफामा ७३ प्रतिशतले वृद्धि भएको छ।
बैंक अफ काठमाडौं र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको यस बैंकको चुक्ता पुंजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा अनुपात १ दशमलब १२ प्रतिशतबाट बढेर १ दशमलब १५ प्रतिशतमा पुगेको छ।   
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी  २१ दशमलव ३७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात  २८ दशमलव ७४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ५७ रुपैयाँ र सिसिडी रेसियो ७८ दशमलब ९७ प्रतिशत रहेको छ।बैंकले गत आर्थिक बर्षको कमाईबाट प्रस्ताब गरेको २३ प्रतिशत बोनस सेयर समेतलाई जोडेर आउने पुंजीलाई जोडेर प्रति सेयर आम्दानी देखाएको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK