×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद चैत्र ७ गतेदेखि, हेर्नुस् आवेदन दिने ठाउँहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद चैत्र ७ गतेदेखि, हेर्नुस् आवेदन दिने ठाउँहरु

१७ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले यही चैत्र ७ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट भर्न सकिने छ । हकप्रदमा वैशाख १० गतेसम्म आवेदन दिने सक्ने बताइएको छ । 


बैंकको वित्तीय अवस्था
बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले बैंकको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । गतवर्षको महाभूकम्प र त्यसलगत्तै भएको राजनीतिक अस्थिरताका कारण वृद्धि भएको एनपीएलाई इक्राले नकारात्मक पक्षका रूपमा लिएको छ ।
कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, विकास आयोजना सेवा केन्द्र, नबिल बैंक लिमिटेड, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण सहित गरिबी निवारणको मुख्य उद्देश्य लिएर स्थापित यस बैंकले ४७ जिल्लाका ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । बैङ्क विगत १६ वर्षदेखि आर्जन गरिरहेको राम्रो मुनाफा र शाखा विस्तारको अवस्थालाई इक्राले सकारात्मक पक्षका रूपमा लिएको छ । विगत ३ वर्षदेखि बैङ्कको वार्षिक चक्रीय वृद्धिदर राम्रो रहेको र सम्पत्ति पनि प्रशस्त रहेको इक्राले उल्लेख गरेको छ । त्यसैगरी बैङ्कको सञ्चालनमा ६५ प्रतिशत संस्थागत प्रवद्र्धक रहेको र उच्च प्रतिफल (गत आवमा ४० प्रतिशत प्रतिफल) दिन सकेकोलाई बैङ्कको सशक्त पक्षका रूपमा लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: