×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गवको १०० प्रतिशत हकप्रद सेयर फागुन २४ देखि खुल्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भार्गवको १०० प्रतिशत हकप्रद सेयर फागुन २४ देखि खुल्दै

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – भार्गव विकास बैंकको १०० हकप्रद बुधबारसम्म कायम सेयरधनीले मात्र भर्न पाउने छन् । बैंकले बुधबारसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउने सूचना जारी गरेको छ ।
 बैंकले फागुन २४ गतेदेखि १००५ हकप्रद सेयर बिक्री खुला गर्ने घोषणा गरिसकेको छ । भार्गवले एक कित्ता बराबर थप अर्को एक कित्ता ९१ः१० अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरले १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । 
फागुन २४ देखि खुल्ने यो हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन चैत्र २८ गते तोेकिएको छ । भार्गवको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । भार्गव विकास बैंक केन्द्रीय कार्यालय सुर्खेतरोड तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 
एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेक मात्र बुझिने ब्यवस्था गरिएको छ । चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ रहेको भार्गवले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: