
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बजारमा सेबोनकै मिलेमतोमा स्ट्याण्डर्ड चाटर्ड बैंकलाई एफपिओ दिइएको खबर सार्वजनिक भएपछी यसको प्रभाव बजारमा देखिएको छ । त्यहि प्रवावका बीच चौतर्फी दवाव आएपछि उक्त बैंकको एफपीओ तत्कालका लागि नआउने भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार बैंक, सेवोन र विक्रि प्रवन्धकहरुबीच केहिबेर अगाडि भएको छलफलमा एफपिओ निष्काशन तत्कालका लागि नगर्ने निर्णय भएको हो ।
हिजोमात्र एफपिओ निष्काशनको लागि धितोपत्र बोर्डले बैंकलाई स्वीकृति दिएको थियो । बैंकले एफपीओ कहिले निष्कासन गर्ने भन्ने एकिन नभएपनि तत्काल नगर्ने र केहि समयपछि गर्ने सहमति भएको उक्त छलफलमा सहभागी एक सदस्यले अर्थ सरोकार डटकमलाई जानकारी दिए ।
बैंकले १०० रुपैंया अंकित मूल्यमा ११ सय ९० रुपैंया प्रिमियम थप गरी १२ सय ९० रुपैंया प्रतिकित्ता एफपिओ निष्काशन गर्न लागेको हो । बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशनको लागि सेबोन आवेदन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्