×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाचान समूह सिमेन्टमा एग्रेसिभ लगानी गर्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चाचान समूह सिमेन्टमा एग्रेसिभ लगानी गर्दै

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – चाचान ग्रुपले सिमेन्ट उद्योगमा एग्रेसिभ लगानी गर्ने भएको छ । नारायणी सिमेन्ट उद्योगमार्फत त्रिशक्ती ब्राण्ड र जयवागेश्वरी सिमेन्ट उद्योगबाट जयवागेश्वरी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
समूहका अध्यक्ष बाबुलाल चाचानले बाँकेमा रहेको जय वागेश्वरी उद्योगको क्षमता बढाउने तयारी अन्तिम चरणमा पुगेको बताए।उनका अनुसार ६० करोड रुपैयाँ सिमेन्टको प्लान्ट थपिँदैछ ।
वीरगञ्जमा रहेको नारायणीले दैनिक एक हजार ५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । समूहका प्रवन्ध निर्देशक सतिश चाचानका अनुसार बाँकेको प्लान्ट दैनिक एक हजार टनमा विस्तार हुनेछ ।
अहिले यो उद्योगको क्षमता दैनिक पाँच सय टन मात्रै हो। वीरगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको सिमेन्ट उद्योगमा एक अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: