Skip to content
LAXMI SUNRISE BANK

छ्याङ्दी हाइड्रोपावर प्रभावित क्षेत्रका लागि शेयर बाँडफाँड, ४३ सयले पाए शेयर

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – छ्याङ्दी हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रकालागि निष्कासन गरेको शेयर सोमबार बाँडफाँड भएको छ । छ्याङ्दीले प्रभावित क्षेत्रका लागि दुई लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले तीन किसिमले शेयर बाँडफाँड गरेको जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका आवेदनकर्तालाई एक लाख आठ हजार कित्ता र न्यून प्रभावित क्षेत्रकालागि ५४ हजार कित्ता समानुपातिक ढंगले वितरण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले चार हजार ३ सय ६३ आवेदकलाइ वितरण गरेको ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । शेयर बाँडफाँड नतिजा www.globalimecapital.com.np  मार्फत हेर्न सकिने जनाएको छ ।
कम्पनीले शेयर नपरेका शेयरधनीलाई यहि फाल्गुन १५ गतेदेखि रकम फिर्ता गरिने जनाएको छ ।
बैंक खाता यकिन भएकाहरुलाई खाता मार्फत नै पैसा फिर्ता दिने व्यबस्था मिलाएको कम्पनीले जनाएको छ। कम्पनीले पुष २० देखि माघ २० सम्म शेयर निष्कासन गरेको थियो।          
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK