
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – डिप्रोक्स लघुवित्त विकास बैंकले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रदको बुक क्लोज मिति तय भएको छ । लघुवित्तले १स्१ को अनुपातमा २५ लाख ७९ हजार २ सय ३८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
हकप्रद निष्काशनको लागि फागुन २ बुक क्लोज मिति तय भएको छ । अर्थात् फागुन १ गते सम्म कायम शेयर धनीले मात्र हकप्रद प्राप्त गर्ने छन् ।
इक्रा नेपालले डिप्रोक्सको हकप्रदलाई ४ं को रेटिंग प्रदान गरेको छ । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। कम्पनीको बार्षिक साधारण सभा, ३५ प्रतिशत बोनस, र १७।६३ प्रतिशत नगद लाभाशको लागि पनि यहि बुक क्लोज मिति कायम हुने लघुवित्तले जनाएको छ ।
बोनस साधारण सभाले पारित गर्न बाँकी छ । साधारण सभा फागुन २३ गतेको लागि बोलाइएको छ । गत आर्थिक बर्षको कमाईको ३५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६० करोड ६० लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २५ करोड ७९ लाख रहेको छ ।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६ करोड ९३ लाख् रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्