
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेको विवरण प्रस्तुत गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा ७५ करोड ३७ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा ९७ करोड १५ लाख मुनाफा आर्जन गरेको छ ।
यस अवधिमा बैंकले ९० अर्ब ४३ करोड ६६ लाख रुपैयाँ संकलन निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यस अवधीमा ३ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको खराब कर्जा अनुपात ०३ प्रतिशतले बढेर शुन्य ७० प्रतिशत पुगेको छ ।
यस अवधीमा बैंकले १ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।
हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ६० करोड ६४ रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४ अर्ब ८७ करोड ९२ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको ७० प्रतिशत बोनस सेयर पुन्जिकृत गरि प्रति सेयर आम्दानी देखाएको छ। बोनस वितरणपछि कायम चुक्ता पुंजीबाट ३३ दशमलब ३३ प्रतिशत हकप्रद बितरणपश्चात बैंकको प्रतिसेयर आम्दानी प्रभावित हुने छ । हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४२ दशमलब ९३ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ७ दशमलब ७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४ दशमलब ८४ गुणा र कर्जा निक्षेप अनुपात ७६ दशमलब ६० प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्