Skip to content
LAXMI SUNRISE BANK

एभरेस्ट बैंक ३३.३३५ हकप्रद अनुमति माग्न धितोपत्र बोर्ड पुग्योे

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एभरेष्ट बैंकले ३३.३३५ हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एभरेष्टले एक अर्ब ५० करोड ८८ लाख आठ हजार ७०० रुपैयाँको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । ३ः१ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको एनआइबीएल क्यापिटलले गर्दैछ । 
बैंकको पुस २३ गते बसेको साधारण सभाले ३३.३३५ ल्याउने प्रस्ताव पारित गरेपछि निष्कासन अनुमति माग्न बैंकले अहिले धितोपत्र बोर्डमा पुगेको हो । साधारण सभाले ७०५ बोनस दिने प्रस्ताव पनि पारित गरेको थियो । यो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ३३.३३ प्रतिशत हकप्रद ल्याउन लागिएको हो । 
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन कसरत गरिरहेको एभरेष्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट अनुसार चुक्ता पुँजी चार अर्ब ६० करोड ६४ लाख रुपैयाँ छ । त्यस्तै, चार अर्ब ८७ करोड ९२ लाख ३६ हजार रुपैयाँ बैंकको रिजर्भमा कोषमा छ । 
एभरेष्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ९७ करोड १५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ७९ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK