×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्सले यसरी बढायो नाफा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फरवार्ड माइक्रोफाइनान्सले यसरी बढायो नाफा

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १४ करोड ६८ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डले गत वर्षभन्दा खुद नाफामा ६६.७६५ ले बढोत्तरी गरेको हो ।

फरवार्डको यो त्रैमासमा ३२ करोड ७४ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको छ । गत वर्ष फरवार्डले २१ करोड ३३ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसआधारमा खुद ब्याज आम्दानीमा ५३।४४५ ले वृद्धि गर्न संस्था सफल भएको हो ।

फरवार्डको खराब कर्जा गत वर्ष भन्दा थोरै बढेको देखिन्छ । गत वर्ष ०.१९५ रहेको खराब कर्जा यो त्रैमासमा ०।२७५ पुगेको छ । फरवार्डले दुई अर्ब १९ करोड ६८ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने पाँच अर्ब ४४ करोड ४० लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 संस्थाले यो त्रैमासमा दुई करोड १७ लाख ८२ हजार रुपैयाँ राइट ब्याक गरेको देखाएको छ । कम्पनीले सम्भावित जोखिमका लागि एक करोड तीन लाख ३२ हजार रुपैयाँ छुट्याएको छ ।

फरवार्डको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ४९ करोड ५८ लाख ९२ हजार रुपैयाँ पैसा जम्मा भइसकेको छ । फरवार्डले हालै निष्कासन गरेको आइपीओमा पाँच अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ ।

 कुल ६ लाख कित्ता सेयर निष्कासन गरेकोमा पाँच लाख ४० हजार सेयर सर्वसाधारणलाई दिएको थियो । यो आइपीओमा झन्डै १०२ गुणभन्दा बढी आवेदन परेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: