
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – गरिमा विकास बैंकको २० प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले बैंकको २० प्रतिशत बोनस सेयर पाउन बिहीबारसम्म सेयर खरिद गरिसकेको हुनुपर्छ । यसअघि कायम भएका सेयरधनी भने स्वतः लाभांशको भागीदार हुन्छन् ।
साधारण सभा गर्न गरिमाले माघ २१ देखि फागुन ६ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । बैंकले २० प्रतिशत बोनस पारित गराउन फागुन ६ मा साधारण सभा बोलाएको छ ।
सभामा गरिमाले बोनसपछि कायम हुने चुक्ता पुँजीमा १०ः७ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । गरिमाको हाल चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख ११ हजार रुपैयाँ छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा रहेको गरिमाको प्रतिसेयर नेटवर्थ भने एक सय ५७ रुपैयाँ ५८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्