
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – गरिमा विकास बैंकको शुक्रबार सम्पन्न दशौं साधारणसभाले ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको छ । बैंकले २० प्रतिशत बोनसपश्चात कायम पूँजीमा ७० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
साधारण सभाबाट पारित भएपछि बैंक हकप्रदको प्रस्ताव स्वीकृतिका लागि धितोपत्र नियामक निकाय धितोपत्र बोर्डमा जानेछ ।
यसअघिनै लगानी २० प्रतिशत बोनस दिने निर्णय गरेको बैंकको बोनस वितरणपछि चुक्तापूँजीमा २१ करोड रुपैँया थप हुने र त्यसमा ७० प्रतिशत हकप्रद निष्काशनपश्चात बैंकको पूँजी २ अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।
त्यस्तै सभाले संस्थापक र सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्