
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – हिमालयन बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। यस अवधिमा बैंकले २८ दशमलब १२ प्रतिशतले खुद मुनाफा बढाएको छ।
गत आर्थिक बर्षको यस अवधिमा ८० करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा १ अर्ब २ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
यस अवधिमा बैंकले १२ दशमलव ३४ प्रतिशतले बढाएर ९१ अर्ब ९ करोड ८६ लाख रुपैयाँ संकलन गरि ७५ अर्ब ५६ करोड ७८ लाख कर्जा प्रवाह गरेको छ। बैंकको कर्जा प्रवाह दर २९ प्रतिशतले वृद्धि भएको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा राम्रै सुधार भएको छ। जसकारण खुद मुनाफामा उल्लेख्य प्रगति देखिएको छ। यस अवधीमा बैंकले १ अर्ब ८० करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ६० करोड ९० लाख रुपैयाँ सचालन मुनाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी १६ तथा संचालन मुनाफा २८ प्रतिशतले बढेको छ।
यस अवधिमा बैंकको चुक्ता पुंजी ६ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४ अर्ब रुपैयाँ पुर्याएको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात २ दशमलब २२ प्रतिशतबाट घटेर शुन्य दशमलब ९४ प्रतिशतमा झरेको छ। बैंकले सम्भावित जोखिमका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याएको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३५ दशमलव १५ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २५ दशमलव ६६ गुणा, प्रति शेयर नेटवर्थ १ सय ७९ दशमलव १६ रुपैयाँ र ९सीसिडी रेसियो० कर्जा निक्षेप अनुपात ७९ दशमलब २२ प्रतिशत रहेको छ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । ३० प्रतिशत बोनस सेयरलाई पुंजीकृतपछि बैंकको प्रति सेयर आम्दानी ३५ दशमलव १५ रुपैयाँ पुगेको छ। ४ अर्ब ९६ करोड चुक्ता पुंजीको १४ दशमलब २८ प्रतिशत हकप्रद वितरणपछि बैंकको कुल चुक्ता पुंजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्