×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना ठुला लगानीकर्तालाई शेयरमा थप लगानी गर्ने अवसर, करिव ७ अर्बको शेयर आउँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साना ठुला लगानीकर्तालाई शेयरमा थप लगानी गर्ने अवसर, करिव ७ अर्बको शेयर आउँदै

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – साना–ठूला सबै लगानीकर्तालाई शेयरमा थप लगानी गर्ने अवसर आएको छ । एक दर्जन भन्दा बढी कम्पनीले करिव ७ अर्बको शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् । उक्त कम्पनीले शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा केहीले स्वीकृत पाइसकेको र केहीले स्वीकृत पाउने अवस्थामा छन् ।
बोर्डले केही कम्पनीलाई स्वीकृत दिइसकेको छ भने ९ कम्पनीलाई स्वीकृत दिने तयारीमा छ ।
ती कम्पनीहरुले प्राथमिक शेयर र एफपिओ शेयर निष्कासन गर्न लागेका हुन् । सबैभन्दा ठूलो रकमको एफपिओको शेयर स्टयाण्डर्ड चार्टर्ड बैंकले निष्कासन गर्दैछ । उसले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता सेयर निष्कासन गर्दै छ । 
चार्टर्डले प्रतिकित्ता १२९० मा शेयर बिक्री गर्न लागेको हो । अहिले उक्त बैंकको शेयर दोस्रो बजारमा प्रतिकित्ता १८०० रुपैयाँमा किनबेच भएको छ । प्रतिकित्ता ६०० रुपैयाँ नाफा हुने भएकाले पनि चार्डर्ट बैंकको शेयर खरिद गर्न लगानीकर्ताहरु इच्छुक देखिएका छन् ।
यसैगरी, प्रिमियर इस्योरेन्स कम्पनीले पनि ६ लाख ५९ हजार ५६५ कित्ता सेयर एफपिओमा बिक्री गर्दै छ । उसले प्रतिकित्ता १००४ रुपैयाँमा शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले ६६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।
केही जलविद्युत् कम्पनीले पनि नयाँ आयोजना निर्माणका लागि थप लगानी जुटाउन प्राथमिक शेयर निष्कासनको तयारी गरेका छन् ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई शेयर निष्कासनको तयारी गरेका छन् ।
सर्वसाधारणलाइन शेयर निष्कासन गर्नेमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेका छन् ।
यसैगरी महाकाली विकास बैंकले पनि एफपिओ शेयर निष्कासन गर्ने तयारीमा छ । उसले २ लाख ३६ हजार ३ सय ६७ कित्ता शेयर एफपिओमा निष्कासन गर्न स्वीकृतका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । रैराग जलविद्युत आयोजनाले पनि स्थानिय बासिका लागि ५ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्दै छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: