Skip to content
LAXMI SUNRISE BANK

जगदम्बा अल्ट्रा प्रिमियम सिमेन्ट नयाँ आवरणमा, ब्राण्ड एम्बेसडरमा भुषण दाहाल

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – जगदम्बा अल्ट्रा प्रिमियम सिमेन्ट नयाँ ब्राण्डसहित नेपाली बजारमा आएको छ । सिमेन्टको ‘ब्राण्ड एम्बेस्डर’मा भुषण दाहाल नियुक्त भएका छन् । जगदम्बा सिमेन्टले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । 
यस ब्राण्डले गुणस्तरका मापदण्डहरु नेपाल गुणस्तर चिन्ह ४९, आईएसओ ९००१ः२००८, आईएसओ ९००१ः२०१५ र आर्ईएसओ १४००१ः२०१५ प्राप्त गरिसकेको छ भने थुप्रै अवाडहरु पनि हात पारिसकेको छ भने १५ वर्षको लामो इतिहास बोकेको जगदम्बा सिमेन्टको ब्राण्ड जगदम्बा अल्ट्रा प्रिमियम ओपिसिको प्रयोग प्रारम्भदेखि नै नेपालका विभिन्न  आयोजनाहरुमा प्रयोग हुँदै आएको छ ।
जगदम्बा ब्राण्डको उपयोग उपभोक्ताको घर देखि लिएर ठूला–ठूला आयोजनाहरुमा समेत प्रयोग हुदै आएको छ । चर्चित टेलिभिजनकर्मी भुषण दाहाल अव जगदम्बाको प्रवर्दनात्मक सामाग्रीहरुमा समेत देखिनेछन् ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK