- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ज्योति बिकास बैंकको लोभलाग्दो प्रगती देखाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाउँदै लोभलाग्दो प्रगती देखाएको हो । बैंकले खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा ६ करोड ७८ लाख ३९ हजार रुपैयाँ बढोत्तरी गरेर २२ करोड ५९ लाख १६ हजार रुपैयाँ पुर्याएको छ भने चुक्ता पुँजी एक अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा भने २८ करोड २८ लाख ६८ हजार रुपैयाँमात्र छ ।
यता बैंकको खराब कर्जा १.१९ प्रतिशत छ । नौ अर्ब १२ करोड ९० लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गर्दा ज्योतिले आठ अर्ब एक करोड ७६ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५८ पैसा (बार्षिकीकरण) अनि प्रतिसेयर नेटवर्थ भने एक सय २५ रुपैयाँ ६७ पैसा छ । गत वर्ष दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १७ रूपैयाँ ४७ पैसा मात्र थियो । बैंकले गरेको यस्तो प्रगतीप्रति सेयरहोल्डरहरु उत्साहित बनेका छन् । यता बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले पनि बैंकको प्रगतीमा साथ दिने सबैलाई सामाजिक संजालमार्फत आभार प्रकट गरेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्